
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशिल क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सिमित स्रोत र साधनलाई हेरेर उत्पादनशिल क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद र सरकारबीच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताउनुभयो ।
अर्थमन्त्री महतले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभइ आयोजनाहरु घोषणा गरेको कारण धेरै आयोजनाहरुको काम अधुरो रहेको बताउनुभयो । उहाँले आयोजनाहरुमा बजेट नै नराखि ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताउनुभयो ।
अर्थमन्त्री महतले सरकारले यो अधिवेशनमा धेरै विधेयकहरु पेश गर्ने तयारी गरेकाले संसदले बिजनेस प्रस्शत पाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्