२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा ब्रेन्टफोर्ड पराजित


338
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ ।

सोमबार राति ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेनले ह्याट्रिक गरेका थिए ।

खेलको २१ औं मिनेटमा निल मुआपेले सुरुवाती गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिएपनि टोलीले आफ्नो अग्रता जोगाउन सकेन ।

सिटीका फोडेनले तीन गोल गरेपछि टोली ३–१ ले विजयी भयो । यो जितले म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको तालिकामा शीर्ष स्थानको लिभरपुलसँग दुई अंकको दुरीमा पु¥याएको छ ।

लिगमा २३ खेलबाट लिभरपुलको ५१ अंक छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४९ अंक भएको छ । समान ४९ अंक भएपनि गोल अन्तरको आधारमा आर्सनल तेस्रो स्थानमा झरेको छ ।