
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
सोमबारबाट सुरु भएको संसद्को अधिवेशनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
सोमबार पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्याउने गरी सदनमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको थियो ।
प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष दाहालले निर्देशन दिएको बताउनु भएको थियो ।
आजको बैठक पनि संसद केन्द्रीत हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्