१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीय संसद : हिउँदे अधिवेशनको कार्यतालिका


221
Shares

काठमाडौं । सोमबारदेखि सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दुई महिनाको बैठक बस्ने कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक भएको कार्यतालिका अनुसार माघ र फागुन महिनामा प्रतिनिधिसभाको बैठक ७ दिन र राष्ट्रियसभाको बैठक १३ दिन बस्ने भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक एक घण्टामात्रै बसेको थियो । पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारीसँगै बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन, संघीय संसदको कार्यवाहक महासचिव तोकिएको जानकारी, राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० र बाधा अड्काउ फुकाउ अध्यादेश मात्र पेश भएको थियो ।

त्यस्तै सोमबार बसेको बैठकको शून्य समय, दलीय आधारमा मन्तव्य, सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ दफाबार छलफलसहित पारित गर्ने तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाको अर्को बैंठक बुधबार बस्नेछ । कार्यतालिकाअनुसार फागुनमा ५ दिनमात्रै बैठक बस्नेछ । फागुनको दोस्रो बैठक १० गते बिहीबार, तेस्रो ११ गते शुक्रबार, चौथो फागुन १३ गते बस्ने छ ।

त्यसैगरी चौथो बैठकमा शून्य समय, विशेष समय, राजनीतिक दलसम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० माथि सामान्य छलफल तथा अन्य विधायिकी कार्य गर्ने कार्यतालिका छ । फागुन १४ गते अन्तिम बैठक बस्ने छ ।

यसैगरी राष्ट्रियसभा बैठक माघमा ४ दिन र फागुनमा ९ दिन बस्ने कार्यतालिका छ ।