२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लागुऔषधसहित दुई जना पक्राउ


1.092k
Shares

काठमाडौं । प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला तादी गाउँपलिका ६ घर भएका २९ वर्षका आदम तामाङ्ग र सोही ठेगानाका २२ वर्षका दिलबहादुर तामाङ्ग रहेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंङ्गास्थित चेकपोष्टमा धादिङ्ग्बाट काठमाडौं आउँदै गरेको माइक्रोबसलाई चेक जाच गर्दा लागुऔषध फेला परेको थियो ।

माइक्रोबसको अगाडिको सिटमा सवार व्यक्तिले लुकाइ ल्याएको प्लाष्टिकमा ४ वटा पोका बनाएर ल्याएको ७६ ग्राम लागुऔषधसहित उनीरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी बृत थानकोटबाट थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।