१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेसभित्र हिन्दूराष्ट्र पुनस्थापनाका लागि महाअभियान घोषणा


3.224k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र पुनस्थापनाका लागि महाअभियान घोषणा भएको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान घोषणा गरिएको हो ।

महाअधियानमा संविधानविद् एवं पूर्वसभामुख दमननाथ ढुंगाना समेत सहभागी हुनुभएको छ । हिन्दूराष्ट्र पक्षधर कांग्रेस नेता तथा कार्यकर्ताहरुको राजधानीमा भएको भेलाबाट भण्डारीको नेतृत्वमा महाअभियान घोषणा गरेको हो ।

महाअभियान संचालनका लागि छिट्टै समिति पनि बनाउने सहमति भएको नेता भण्डारीले बताउनुभएको छ । आगामी फागुन ७ गतेदेखि शुरु हुने कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्र पुनस्थापनाको मुद्दालाई पारित गराउन महाअभियानले भूमिका खेल्ने बताइएको छ ।