
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भएपनि देश किन असफल भयो भनि प्रश्न गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भएपनि देश भने असफल भइरहेको बताउनुभएको हो ।
महासचिव भुसालले हरेक राजनीतिक दलहरुको दस्ताबेजहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहीँ किन असफल भएको हो भनि प्रश्न गर्नुभयो । उहाँले नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै प्रश्न गर्नुभयो ।
महासचिव भुसालले नेपालका राजनीतिक दलहरु गुटमा परिणत भइसकेको पनि बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरुमा समस्या भएको बताउनुभयो ।
महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरुले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताउनु भयो । दलहरुको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्