३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैन : मिनेन्द्र रिजाल


741
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताउनुभएको हो । उहाँले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताउनुभयो ।

नेता रिजालले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले गठबन्धनका शिर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताउनुभयो ।

नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताउनुभयो ।