
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले मंगलबार राजीनामा स्वीकृत गर्नुभएको हो ।
पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट माघ २३ गते दिएको राजीनामा सोही मितिदेखि लागू हुनेगरी राष्ट्रपतिबाट स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्