
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेको छ ।
मंगलबार समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा समितिका सदस्यहरुले नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेका हुन् ।
सुरुङमार्गको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति पन्थले सरकारले द्रुत गतिमा काम अगाडी बढाएको खण्डमा एक वर्षभित्रमा सुरुङमार्गका काम सम्पन्न हुने बताउनुभयो । उहाँले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा आफूहरुको जोड रहेको उल्लेख गर्नुभयो । आयोजनामा केही स्थानमा जग्गाको मुआब्जा दिने बाहेकका धेरै ठूला समस्याहरु नरहेको जानकारी आफूहरुले पाएको उहाँले बताउनुभयो ।
सभापति पन्थले समितिमा पुनः नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सम्बन्धमा छलफल गरेर चाँडै निर्माण सम्पन्न गर्नका लागि सरकारलाई निर्देशन दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्