
काठमाडौं । कवि तथा नाट्यसम्राट बालकृष्ण समको १२२ औं जन्मजयन्ती बुधबार देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठा र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा “सम्झनामा बालकृष्ण सम“ नामक कार्यक्रमको आयोजना भएको हो ।
कवि तथा नाट्य सम्राट स्वर्गीय बालकृष्ण सम एक बहु प्रतिभाशाली ब्यक्तित्व भएको र समले साहित्य लेखनमा सेक्सपियरिन लेखनलाई स्थापित गराउनुमा समको ठूलो योगदान रहेको कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भुपाल राइले बताउनुभयो ।
कार्यक्रममा समको गुणात्मक नाट्य योगदानमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने विभिन्न कवि तथा कबियत्रीहरुले स्वर्गीय कवि तथा नाट्य सम्राटलाई सम्झदै कबिता बाचन गरेका थिए ।
बालकृष्ण समद्वारा लिखित हरेक नाटक समय सान्दर्भिक भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती निशा शर्माले बताउनुभयो ।
कार्यक्रममा चित्रकला कार्यशाला तथा समको चित्रकला यात्राको बिषयमा रमेश खनालको लेखन तथा निर्देशनमा निर्मित २० मिनेट लामो बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्