१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य वृद्धि


78
Shares

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ ।

करिब ५ अंकले बढेको बजारमा कारोवार रकम भने तीन अर्ब तलै रह्यो ।

बजार खुलेसँगै २१ सय ७ विन्दुसम्म पुगेको बजार उतार चढावकाबीच २ हजार ९० को विन्दुमा पुग्यो । आधा उपसमूह हरियो बन्दा आधा उपसमूह भने रातो रहे ।

होटल तथा पर्यटन र जीवन बिमा समूहमा १ प्रतिशत बढीको वृृद्धि आउँद बैक, जलविद्युत लगानी समूह सामान्य अंकले बढेका छन् । बुधबार अन्य समूहमा १ प्रतिशत बढीको गिरावट आउदा उत्पादन, लघुवित्त र वित्त समूह ओरालो लोगका छन् ।

बुधबार १ सय ६८ कम्पनीको मूल्य बढ्दा ६८ कम्पनीको घटेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो पावर र इस्ट्रन हाइड्रो पावर लिमिटेडको शेयर सकारात्मक लेवलमा कारोबार भएको छ ।

कारोबारको हिसाबमा बुधबार पनि हिमालयन रि-इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेनसको उच्च कारोवारको सुचिमा रहे । बुधबार ३ सय १३ कम्पनीको ७७ लाख कित्ता शेयर २ अर्ब ८४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।