
काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनीसँगै राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेललाई एक लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
चौलागाई र पोखरेलले जग्गा हालसाविक तथा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइसकको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्