८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


२०२३ मा भारतमा ३२ सय भन्दा बढी उडान रद्ध


507
Shares

एजेन्सी । भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्ध गर्नुपरेको बताएको छ ।

संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसदको माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिनुभएको हो ।

मन्त्रीले प्रस्तुत गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा खराब मौसमका कारण ३ हजार २१० उडान रद्ध भएका थिए । गत वर्ष प्राविधिक कारणले २ हजार १०९ उडान रद्ध भएको तथ्यांकले देखाएको छ ।