२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दक्षिण पश्चिम पाकिस्तानको निर्वाचन कार्यालयमा बिस्फोट, ८ जनाको मृत्यु


585
Shares

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रान्तको पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालयनजिकै बिष्फोट भएको जिल्लाका उपायुक्त पिसिन जुमादाद खान मण्डुखेलले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भयो ।

बिस्फोटलगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

बिस्फोटको कारण अझै खुल्न सकेको छैन । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले पनि लिएको छैन ।