
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा आज डेढ घण्टा बयान दिनुभएको छ । सुन तस्करी छानविनका लागि गठित आयोग समक्ष महराले बयान दिनुभएको हो ।
आयोगका पदाधिकारीहरुले महरासँग विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको घटनाको सम्बन्धमा सोधपुछ गरेका थिए ।
सीआईबीले महराँंग बयान लिए पनि उहाँलाई प्रतिवादी नबनाइ प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल महरा सुन तस्करी प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्