
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानून, नीतिगत सुधार र संरचनात्मक विकासमा जुटेको बताउनुभयो ।
सञ्चारमन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी कार्यान्वनमा ल्याइएको बताउनुभयो ।
मन्त्री शर्माले कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रबिधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्