
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गर्नुभएको छ ।
रुससँगको युद्धबारे कठोर नीति लिनुहुने जनरल ओलेक्सान्डर सिसर््कीलाई नयाँ सेना प्रमुख घोषणा गरिएको छ । फेब्रअरी २०२२ मा रुसले पूर्ण मात्रामा आक्रमण थालेयता युक्रेनको सैन्य नेतृत्वमा यो सबैभन्दा ठूलो परिवर्तन हो ।
राष्ट्रपति जेलेन्स्कीले उच्च कमाण्डलाई “नविकरण’’ गर्न आवश्यक रहेको र जनरल जालुज्नी पनि नयाँ “टोलीमा रहन सक्ने’’ बताउनुभयो ।
बर्खास्त गरिएका सेना प्रमुख जालुज्नीको पब्लीक रेटिङ राष्ट्रपति जेलेन्स्कीको भन्दा राम्रो थियो । नयाँ सेना प्रमुख जनरल सिसर््कीसँग रक्षात्मक र आक्रामक दुवै युद्धको अनुभव रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्