
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।
दुई दिने बैठकमा पार्टीको प्रस्तावित विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
विधान सम्मेलनअघि बस्न लागेको स्थायी समितिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । पार्टी मुख्यसचिव ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय समितिको बैठक पनि बस्दैछ ।
राष्ट्रिय सभा गृहमा हुने उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा गरिने जनाइएको छ । माओवादीको विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्