
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताउनुभयो ।
नेता सिंहले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताउनुभयो । उहाँले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताउनुभयो ।
नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्