
फाइल तस्बिर
काठमाडौं । एनसेल शेयर बिक्री सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा पुगेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन रहेको जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिनुभयो ।
समितिका केही सदस्यले प्रतिवेदन आफूहरूलाई दिन माग गरेका थिए । समितिको शुक्रबारको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ ।
प्रतिक्रिया दिनुहोस्