२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


काठमाडौंमा कुरान बाचन प्रतियोगिता शुरु


286
Shares

काठमाडौं । काठमाडौंमा कुरान बाचन प्रतियोगिता शुरु भएको छ ।

शनिबारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । सो अवसरमा प्रतियोगीहरुले कुरान वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरुको प्रतिष्पर्धा रहेको र जसमा ४७ प्रतिष्पर्धीले सहभागिता जनाउने बताउनु भयो । आज चौथो टोलीको प्रतियोगिता शुरु भएको छ ।

प्रतियागितामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरुमा सरकारको सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले अभिभावकहरुले आफ्ना बालबालिकासँगै बसेर प्रतिष्पर्धा हेर्न सक्ने बताउनुभयो ।