७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लगानी आकर्षण वृद्धि गर्न सरकारले नीतिगत स्थिरता कायम राख्नुपर्छ : अध्यक्ष अग्रवाल


104
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्नको लागि सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष अग्रवालले मुलुकभित्र वैदेशिक वा आन्तरिक लगानी बिस्तारको लागि नीतिगत स्थिरता अनिर्वाय सर्त भएको दाबी गर्नुभयो । उहाँले सरकारका नीति तथा कानूनहरु लगानीलाई निरुत्साहन भन्दा पनि प्रोसाहन गर्ने खालका हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले लगानीको वातावरण बनाउन नीतिगत एंव व्यवहारिक रुपमा कानूनहरु सुधार गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष अग्रवालले मुलुकभित्र भारत सीमा नाकाहरुमा अवैध पैठारी बढेको भन्दै नियन्त्रण गर्न सरकार कठोर बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले अवैध कारोबारको कारण सरकारले राजश्व पनि गुमाइरहेको बताउनुभयो । अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रमा वाह्य क्षेत्र सुधार भएपनि आन्तरिक क्षेत्रमा सुधार आउन नसकेको दाबी गर्नुभयो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा लिएको खुकुलो नीतिको कारण अर्थतन्त्रका केही क्षेत्र सामान्य चलायमान हुन खाजे पनि अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन नसकेको जिकिर अध्यक्ष अग्रवालको छ ।

अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी व्यवसायीहरुले भोग्दै आएको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो हुनुपर्ने, विकास निर्माणका गतिविधि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सरकारले पुँजीगत खर्च वृद्धि गरी अर्थतन्त्रलाई गतिशिल बनाउनु पर्नेमा जोड दिनुभयो ।