२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संघीय कानून निर्माणका लागि लड्नुपरेको छ : मुख्यमन्त्री पाण्डे


143
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकुलका कानून निर्माणमा ढिलाई नगर्न संघीय सरकारलाई दबाब दिनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले पर्याप्त कानून बनाइदिँदा आफूहरुले सरकारजस्तो भएर काम गर्न नसकेको गुनासो समेत गर्नुभयो । शनिबारबाट पोखरामा शुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उहाँले संघीयताअनुसार तीन वटा तहको सरकार बनेपनि संघीय सरकारले समयमै कानून निर्माण नगरीदिँदा प्रदेश सरकारलाई काम गर्न अपm्ठ्यारो भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले अहिले पनि संघीयतासम्बन्धि कानून निर्माण गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारसँग लडाई गरिरहनुपरेको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले जग्गा प्राप्तीको अधिकार समेत आफूहरुले नपाएकाले सो सम्बन्धि काम गर्नसक्ने अवस्था नरहेको समेत बताउनुभयो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल जग्गा तथा आवास विकास महासंघसँग मिलेर आफूहरुले पोखरालाई वातावरणमैत्री व्यवस्थित शहरको रुपमा विकास गर्न चाहेको बताउनुभयो । उहाँले पोखरालाई व्यवस्थित शहर बनाउनका लागि लगानीको अभाव हुन नदिने तर लगानीकर्ताहरुले वातावरण बिथोल्ने खालको गतिविधि भने गर्न नहुने बताउनुभयो ।

मेयर आचार्यले पोखरालाई ग्रिन र क्लिन सहरको रुपमा विकास गर्न आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।