१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु


208
Shares

काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको छ ।

शनिबार काठमाडौंमा कोशी र बागमती प्रदेशको लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन सुरु भएको हो ।

अन्य प्रदेशमा भने सर्वसम्मत रुपमा चयन भएको छ । निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताउनुभयो । उहाँले ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन भएपनि विविध कारणले लामो समयसम्म हुन नसकेको बताउनुभयो ।

निर्देशक भट्टराईले बागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको निर्वाचित भएको बताउनुभयो । बागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको बताउनुभयो । उहाँले ९ वटा पदको निर्वाचनका लागि वागमती प्रदेशमा १५ सय बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेको बताउनुभयो । निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना वागमती र कोशी प्रदेशबाट निर्वाचित हुने बताउनुभयो ।

प्रदेश परिषद्हरुमा बागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुपर्ने पनि बताउनुभयो । निर्वाचन समितिका सदस्यसचिव समेत रहनुभएका उहाँले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताउनुभयो ।

निर्देशक भट्टराईले निर्वाचन निर्वाध रुपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको बताउनुभयो ।