२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


घर-जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई ठूलो टेवा पुग्छ : महासचिव घिमिरे


1.105k
Shares

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुब घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताउनुभएको छ ।

शनिबार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै महासचिव घिमिरेले यस्तो बताउनुभएको हो ।

महासचिव घिमिरेले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाइ व्यवसाय गर्दै आएका व्यवसायीहरुले भोग्नुपरिरहेका विभिन्न समस्याहरुको समाधानका लागि प्रयासरत रहनुपर्ने बताउनुभयो । उहाँले आफ्नो उद्देश्य प्राप्तिको लागि हामी सबै व्यवसायीहरु एकजुट भइ अघि बढ्नुपर्ने आहिलेको आवश्यकता भएको बताउनुभयो । बैंकमा अथाह पैसा भएपनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिन नसकेको बताउनुभयो ।

महासचिव घिमिरेले सबै एक भएर आफ्ना हक अधिकारको बारेमा लड्न आवश्यक रहेको बताउनुभयो । उहाँले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेकय पास भएकाले यो निर्णय सकारात्मक रहेको बताउनुभयो ।