
एजेन्सी । अमेरिकाले इजरायल र गाजाका नागरिकको सुरक्षा सुनिश्चितताका लागि गाजाको रफामा सैन्य कारवाही गर्नु गलत भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवादका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलका १० लाखभन्दा बढी मानिसको सुरक्षा गर्न विश्वसनीय कार्ययोजना आवश्यक भएको सुझाव दिनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
संवादकै क्रममा प्रधानमन्त्री नेतान्याहुले भने बाइडेनको सुझावलाई सकारात्मक रुपमा लिँदै इजरायली जनताको सुरक्षाका लागि योजना तयार पार्ने वचन दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलमा भइरहेको सैन्य कारबाही उच्च स्तरको भएको भन्दै प्रतिक्रिया दिएपछि दुई नेताबीच टेलिफोन संवाद भएको हो ।
इजरायली सेनाहरु इजिप्टको सिमानजिक रहेको रफाह सीमासम्म प्रवेश गर्ने तयारीमा रहेपछि अन्तराष्ट्रिय स्तरबाटै इजरायलको यो कदमको विरोध हुन थालेको छ ।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले गाजाका आधाभन्दा बढी जनसंख्यामा रफाह क्षेत्रमा आश्रय लिएर बसेको स्मरण गराउँदै हमासको नाममा गाजाबासीको नरसंहार नगर्न इजरायललाई अपील गर्नुभएको छ ।
यसैबीच सउदी अरबले रफाह क्षेत्रमा भएको इजरायली आक्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी इजरायललाई दिएको छ । युद्धका क्रममा गाजाबाट विस्थापित लाखौं मानिस रफाहमा पालमुनि शरण लिएर बस्न बाध्य छन् ।
हमासले भने रफाहमा दशौं हजार हताहत हुनसक्ने चेतावनी जारी गरेपछि विश्वको ध्यान केन्द्रित भएको हो ।
प्रतिक्रिया दिनुहोस्