२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रिमियर लिग फुटबलमा आर्सनलको शानदार जित


377
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ । आइतबार राति वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ह्याम विरुद्धको खेलमा ६–० ले विजयी बनेको हो ।

आर्सनलले प्रिमियर लिगको अवे गेममा सबैभन्दा ठुलो अन्तरको जित निकालेको हो । लण्डन क्लबले जितसहित शीर्ष स्थानको लिभरपुलसँगको दुरी २ अंकमा झारेको छ ।

मिकेल अर्टेटाको टिमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरका आधारमा आर्सनल तेस्रो स्थानमा छ । यो सन् १९६४ पछि वेस्ट ह्यामले घरेलु मैदानमा ठुलो अन्तरको हार ब्यहोरेको हो ।

आर्सनलले पहिलो हाफमै ४–० को अग्रता खेलमा बनाएको थियो । विलियम सलिबा, गेब्रियल, बुकायो साका र लिएन्ड्रो ट्रसोर्डले लण्डन क्लबका लागि गोल गरेका थिए ।

दोस्रो हाफमा साकाले व्यक्तिगत रुपमा दोस्रो र डेक्लान राइसले गोल गर्दै आर्सनललाई शानदार जित दिलाए । जितसहित आर्सनल उपाधि होडमा फर्किएको छ । उसले ५२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा आफुलाई सुरक्षित गरेको छ । वेस्ट ह्याम ३ अंकसहित तालिकाको आठौं स्थानमा छ ।