२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपालले आज क्यानडाविरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दै


1.17k
Shares

काठमाडौं । नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्ध एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछ ।

बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्न लागेको हो ।

सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको हो ।

तीन खेलको सिरिजमा दुई खेल जितिसकेको नेपाल एक खेल अगाडि नै च्याम्पियन बनेको हो ।