२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाऔँ : जितेन्द्रनारायण देव


390
Shares

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद जितेन्द्रनारायणले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताउनु भयो । एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताउँदै उहाँले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताउनु भयो ।

उहाँले आजको राष्ट्रिय परिस्थिति चुनौतिपूर्ण रहेको बताउनु भयो । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको उहाँको भनाइ थियो ।

सांसद जितेन्द्रनारायणले भन्नुभयो, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो की । जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन् । आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतिपूर्ण छ । अत्यन्त गम्भीर छ । संकटपूर्ण छ । हामी जसजसले जुनजुन राजनीतिक शक्तिहरु मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादति उन्मुख हुने प्रतिवद्धता जाहेर गरेका छाँै । ती सम्पूर्ण राजनीतिक शक्तिहरुका लागि एउटा ठूलो चुनौतिको पहाड अघि खडा छ । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ ।’

उहाँले यो वा त्यो पार्टी भन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गर्नुभयो ।