१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस् : सांसद गैरे


91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुंग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताउनु भयो ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भइरहेको बताउँदै उहाँले इमान्दार भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके समाजमा शान्ति स्थापना हुने बताउनुभयो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभुति गर्न नसकेको पनि बताउनुभयो ।