
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।
सोमबार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्