
कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाका नजिकबाट दुई महिलालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले ४ किलो ९ सय ६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।
सोमबार साँझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा रोल्पा दुईखोली गाउँपालिका १ बस्ने वर्ष ३३ की रश्मी बुढाको साथबाट ३ किलो १ सय ३८ ग्राम र वर्ष ४३ की तुलसा रोका मगरको साथबाट १ किलो ८ सय २६ ग्राम लागु चरेस प्रहरीले बरामद गरेको हो ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूलाई खानतलासी गर्दा कपडाको पेटी बनाएर कम्मरमा लुकाएको अवस्थामा बुढाको साथबाट ५ पोका र रोका मगरको साथबाट ४ पोका चरेश फेला परेको हो । उनीहरुलाई लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्