
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गर्नुभएको छ ।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।
मन्त्री बस्नेतले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्