
काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ ।
बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ ।
जल तथा विपद् विज्ञ धर्मराज उप्रेतीकाअनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।
सुदूरपश्चिम का पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि बागमती प्रदेश र मधेश प्रदेशसम्म बादल बाक्लो देखिएको छ । केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको विज्ञले बताउनुभयो ।
बादल बुधबार रातिदेखि नै हटेर जाने र बिहीबार घाम लाग्ने सम्भावना रहेको छ ।














प्रतिक्रिया दिनुहोस्