
काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मलेसियाको बाँगीमा भएको क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो ।
कुवेतले प्रस्तुत गरेको ५० रनको लक्ष्य नेपालले मात्र ६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।
कुवेतलाई सस्तोमै समेट्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिँदा रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्