१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बिहीबारदेखि मौसममा सुधार हुने


533
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले बुधबार रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले काठमाडौंसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ ।

उहाँका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौंका केही स्थानमा छिटफुट वर्षा भएको छ । बुधबार रातिको समयमा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।