७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जीबी राई र रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानबिन अघि बढायो


754
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ग्यालेक्सी फोर-के टेलिभिजनका अध्यक्ष जीबी राईमाथि छानबिन शुरु गरेको छ ।

विभागले लामिछाने र राइको सम्पत्ति छानबिन प्रक्रिया शुरु गर्दै उनीहरुका कारोबार उपलब्ध गराउन विभिन्न बैंकहरुलाई पत्राचार गरेको छ ।

हालसम्म २० वटा बैंकलाई विभागले पत्राचार गरेको छ । जीबी राई र ग्यालेक्सी फोर के टेलिभिजनका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको उजुरी परेको छ ।

यता, नेपाल प्रहरीको सीआइबीले राई र लामिछाने जोडिएका विभिन्न सहकारीका फाइलहरुको अध्ययन अघि बढाएको छ । हाल फरार रहेका राईविरुद्ध डिफ्युजन र रेड कर्नर नोटिस समेत जारी भईसकेको छ ।

राई संलग्न रहेका विभिन्न सहकारीबाट अर्बाैं रकम हिनामिना भएको उजुरी परेको छ । सहकारीको रकम ग्यालेक्सी टेलिभिजनको माउ कम्पनी गोर्खा मिडिया नेटवर्कमा समेत लगानी गरिएको पनि खुलाई भईसकेको छ ।