२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्‍यो : वामदेव गौतम


624
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरोध गरेको आरोप लगाउनुभएको छ ।

महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारुढ गठबन्धनसँग आत्मसमर्पण गरेर त्यसको निर्वाचन गराएकाले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको उहाँको जिकिर थियो ।

बुधबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्वाचनमा संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई बैधानिकता दिएकाले त्यसको भागीदार आफैं बन्नुपर्ने समेत बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने २०७२ सालको निर्वाचनको नजिरलाई लत्याएर निर्वाचन आयोगले सो निर्वाचनमा गलत निर्णय लिएको सांसद गौतमको भनाई थियो । उहाँले त्यस अवसरमा संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराउनुभयो ।

सांसद गौतमले निर्वाचन प्रणालीमा पनि थुप्रै त्रुटीहरु रहेको पनि दोहोर्‍याउनुभयो ।