२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सनातन सभ्यता र ज्ञानको जगेर्ना गर्न राष्ट्रपति पौडेलको आग्रह


91
Shares

पाँचथर । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायबीच एकता, सहअस्तित्व, सद्भाव र सहकार्यको आवश्यकता भएको बताउनुभएको छ ।

पाँंचथर सदरमुकाम फिदिममा बुधबार पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाट्न गर्दै राष्ट्रपति पौडेलले नेपाल पूर्वीय ज्ञान र परम्पराको स्रोत भएकाले यहाँ रहेका सनातन परम्पराहरुको जगेर्ना गर्नु जरुरी रहेको बताउनुभयो ।

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको शिक्षा नीति र सोही अनुसारको पाठय्क्रम बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।