
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको हिन्दूराष्ट्र फर्काउने एजेन्डासहित फागुन ९ गतेदेखि सडक संघर्ष शुरु गर्ने भएको छ ।
राप्रपाको आन्दोलन परिचालन समितिको बुधबार बसेको बैठकले फागुन ९ गते प्रधानमन्त्रीलाई मागपत्र बुझाएर आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी सहित शीर्ष नेताहरु समेतको उपस्थितिमा बसेको बैठकले आन्दोलनको स्वरुप तथा मागपत्रका विषयमा आ-आफ्नो सुझाव पेश गरेका छन् ।
माओवादीले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउँदै जनयुद्धमा होमिएकै शैली राप्रपाले पनि अख्तियार गरेको हो । राप्रपाको मागपत्र पूरा गर्न प्रधानमन्त्री तत्काल तयार नभएमा पहिलो चरणको आन्दोलन राप्रपाले सुरु गर्नेछ ।
आन्दोलन अन्तर्गत राप्रपाले देशव्यापी रुपमा जागरणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्