१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायली आक्रमणका कारण लेवनानमा ७ को मृत्यु


494
Shares

एजेन्सी । इजरायलले लेबनानमा गरेको रकेट आक्रमणमा ७ जनाको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका छन् भने केही भवनहरु क्षतिग्रस्त भएको लेबनानको सुरक्षा स्रोतले जनाएको छ ।

गाजापट्टीमा हमाससँग युद्ध लडिरहेको इजरायलले लेबनानको लडाकु समुह हिजबुल्लाहविरुद्ध पनि कारबाही गरिरहेको छ । इरान समर्थित हिजबुल्लाहले प्यालेस्टाइनी समुह हमासको समर्थन गर्दै आएको छ ।

दुई दिनअघि हिजबुल्लाहले लेबनानबाट इजरायलको दक्षिणी क्षेत्रमा रकेट आक्रमण गर्दा एक इजरायली सेनाको मृत्यु भएपछि इजरायलले पछिल्लो आक्रमण गरेको हो ।

इजरायलले हिजबुल्लाहलाई आक्रमण रोक्न चेतावनी दिँदै आक्रमण नरोकेमा हमास र हिजबुल्लाहविरुद्ध एकसाथ युद्ध लड्ने जनाएको छ ।