४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गर्दैछन् : सभामुख घिमिरे


78
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नको लागि एतावद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताउनुभयो ।

सभामुख घिमिरेले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको बताउनुभयो ।