
बारा । बाराको निजगढमा नगरपालिकाले ठेक्का लाग्नु अगावै जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा क्रसरहरुले नदिजन्य पदार्थको व्यापक चोरी तस्करी गरेपछि निजगढ नगर डुबानमा पर्ने खतरा बढेको छ ।
खोलाको २० फिट तलसम्म नदिजन्यपदार्थ उत्खनन, संकलन, ओसार पसार र बिक्री गर्न अनुमति दिइएको छ ।
ठेकेदार कम्पनीहरुको मनपरिको रुपमा नदिजन्य पदार्थ दोहन गरेको भन्दै स्थानीहरुले आपत्ति जनाएका हुन् । उत्खनन् गर्न अनुमति पाएको ठेकेदार कम्पनीले नदिजन्य पदार्थ मनपरि ढंगले निकाल्ने हुँदा खोलाको प्राकृतिक संरचनानै तहस नहस बन्न सक्ने स्थानीयको गुनासो छ ।
बकैया खोलाकै चरम दोहनका कारण बर्षातको समय उक्त डयाम पटक पटक भत्कने गरेको छ । माघ २३ गते जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन, डिभिजन वनका प्रमुखहरुकोे टोलीले भक्तलाल र बकैया खोला अनुगमन गरेर नदीजन्य पदार्थको अबैध चोरी तस्करी तत्काल रोक्न पालिका प्रमुख सरथ पुरीलाई निर्देशन गरेको थियो । खोलामा जोखीम मुल्यांकन नगरी विवाद बढ्न सक्ने भएपछि आफु जोगीन खोलाको टेन्डर गराएको आरोप स्थानीयको छ ।
प्रतिक्रिया दिनुहोस्