
स्याङ्जा । स्याङ्जाको चापाकोटमा उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० बिहीबारबाट सुरु भएको छ ।
मेलाको उद्दघाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले स्याङ्जाको विकास निर्माणको काम गराउनको लागि आफुले हरसवभ्व प्रयास गर्ने बताउनुभयो । गुरुङले निर्वाचनको लागि मात्रै निर्वाचित नभएको भन्दै बाँकी रहेका दिनहरुमा विकास र उन्नतिको लागि लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बिहीबारदेखि सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ फागुन १३ गतेसम्म हुने भएको छ ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।
मेलामा कृषि, हस्तकला, औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिएको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्