
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिनेगरी दोस्रो दिनको बैठक सकिएको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रिय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको क्रमशः नीतिगत, सांगठनिक र राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिनेगरी सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता रामहरि खतिवडाले बैठकले महासमितिमा प्रश्ताव हुने प्रतिवेदनहरु उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रस्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरु केन्द्रिय कार्यसमितिबाट आएका प्रस्तावलाई मिलाएर लैजाने गरी एकतावद्ध भएर सम्पन्न गरेको बताउनुभयो ।
नेता खतिवडाले कांग्रेस एकतावद्ध भएर महासमिति बैठकमा प्रश्तुत हुने पनि बताउनुभयो । उहाँले महासमिति प्रस्ताव शनिबारसम्म सबै महासमिति सदस्यहरुलाई दिनेगरी तयारी भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्