
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ ।
शुक्रबार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री महतले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको भन्दै उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउनुभयो । उहाँले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको दाबी गर्नुभयो । उहाँले भारत लगायत बाहिरि लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री महतले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक समृवृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । उहाँले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएको बताउनुभयो । उहाँले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
अर्थमन्त्री महतले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको बताउनुभयो । उहाँले वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताउनुभयो । उहाँले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले जोखीमअनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको बताउनुभयो । उहाँले दुई थरिको बीमा रेट राख्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले बजारमा चलेको रेटमा नै जानुपर्ने बताउनुभयो ।
अर्थमन्त्री महतले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले कम्पनीहरुले बीमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्