
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेर भौतिक संरचना बनाइँदा समेत सरकारले कारबाही गर्न नसकेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतोले जंगल अतिक्रमण गरी भौतिक संरचना बिस्तार भइरहँदा समेत सरकार मुकदर्शक बनेको बताउनुभएको हो ।
मन्त्री महतोले कोशी प्रदेशमा निकुञ्जभित्र भौतिक संरचना बनाइँदा समेत सरकारले भत्काउन नसकेको बताउनुभयो । उहाँले जंगलभित्र संरचना बनाइ जीवजन्तुहरुमाथि आक्रमण गर्ने काम भइरहेको बताउनुभयो । उहाँले जनावरको संरक्षण गर्ने भनेपनि अतिक्रमण गरेर जनावरमाथि आक्रमण भइरहनु राम्रो नहुने बताउनुभयो ।
मन्त्री महतोले जंगलभित्र जनावरहरुका लागि आहार र जलको व्यवस्थापन गर्न नसक्दा पनि जंगली जनावरहरु बस्तीमा पस्ने गरेको बताउनुभयो । राजनीतिक दलका नेताहरुको चुनावी आश्वासनका कारण दिनप्रतिदिन आक्रमण जंगल आक्रमण गरी भौतिक संरचना निर्माण हुने काम बढिरहेको जिकिर गर्नुभयो ।
मन्त्री महतोले मानव-जनावर द्वन्द्व न्युनिकरणका लागि आवश्यक पहलका काम भइरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्