
काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कार्वन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
दोलखाली पत्रकार समाजको संयोजनमा आयोजित शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हाईड्रोजन र कार्वन व्यापारीको चुनौति र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा बोल्दै उहाँले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने बताउनुभयो । पूर्ववनमन्त्री समेत रहनुभएका उहाँले जलवायु परिवर्तनको नकारात्मक असर न्युनिकरणका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले कार्वन व्यापारबाट नेपालले प्रशस्त लाभ पाउने भएकाले त्यसमा काम गर्ने शैली र लगानीको आवश्यक व्यवस्था मिलाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वन विनाश रोक्ने र दिगो वन व्यवस्थापनको नीति लागू गर्दै अघि बढ्न सक्दा मात्रै नेपालले कार्बन व्यापारबाट प्रशस्त लाभ पाउन सक्ने अवस्था रहेको पनि बताउनुभयो ।
सांसद जबराले दिगो वन व्यवस्थापनको काममा राजनीतिक दलहरुले प्रतिवद्धता पनि आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्