
काठमाडौं । मानन्धर सानागुखलः न्हुँसा न्यूरोड झोंछेले शनिबार आफ्नो साधरणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बाँसुरी र धाहाबाजा प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।
प्रशिक्षणका लागि काठमाडौं–२३ का वडा अध्यक्ष मचाराजा महर्जनले आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले उक्त बाजाहरुको साँस्कृतिक, धार्मिक महत्वको बिषयमासमेत चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा न्यहुँसा खलका सभापति सत्यनारायण मानन्धर, सचिव किरण मानन्धरले बर्षभरिको न्हुँसा खलले गरेको गतिबिधि र कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा गुठीका सल्लाहकार रघुबरभक्त मानन्धर र मोहन मानन्धरले पनि गुठी सम्बन्धि जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गुठीका १२ कक्षा उत्कृष्ट अंक प्राप्त गरी उत्तिर्ण हुने पाँच जना र गुठीको लागि योगदान दिने गुठीयारहरुलाई समेत सम्मान गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस्